काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जरको प्रस्तावसहित भदौ ७ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको छ ।
होटल प्यालिसेड रिसोर्ट, पलासेँ भक्तुपरमामा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्नेरगाभिने तथा प्राप्ति हुने वा डिमर्जर गर्ने, उपयुक्त वित्तीय संस्था पहिचान गरी सहमति, हस्ताक्षर गर्ने र स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिनेलगायतका प्रस्ताव पारित गर्नेछ ।
साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाका शाखा खरिद वा प्राप्ति गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ साउन ३० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया