काठमाडौँ - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै, निवेदन दिनका लागि इच्छुकले आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया