शर्मा सीवाईसी नेपाल लघुवित्तको सीईओमा नियुक्त

शुक्रबार, २५ साउन २०८१, १२ : ५८

काठमाडोँ - सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । 

यही साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८१ साउन २४ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं.६.०७९ को दफा ३ कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था बमोजिम शर्मालाई कम्पनीको सीईओमा नियुक्त गरिएको जनाएको छ । 

शुक्रबार, २५ साउन २०८१, १२ : ५८

प्रतिक्रिया