काठमाडौँ - माछापुच्छ्रे बैङ्क लिमिटेड र एजुकेशनल कन्सल्टेन्सी एसोशिएसन अफ नेपाल (इक्यान झापा)बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैङ्कले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ ।
साथै इक्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढङ्गले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैङ्कका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया