काठमाडाैं- साताको पहिलो कारोबार आज शेयर बजारले २ हजार ७ सयको मनोवैज्ञानिक विन्दु बनाइरहेकोछ । पटक पटक २ हजार ८ सयको प्रतिरोधलाई छेड्ने प्रयास गरेको भए पनि बजार फर्र्किएर २ हजार ७ सयको मनोवैज्ञानिक विन्दुमै रुम्मलिरहेको छ । ७ वटा कारोबारसम्म नेप्से सूचक २ हजार ७ सयको विन्दु वरिपारी घुमिरहेको छ । यसले झण्डै करिब भन्दा अघि २ हजारको विन्दुलाई संकेत गर्छ । यो विन्दुमा २ वर्षसम्म उत्तारचढाब आइरहेको थियो ।
अघिल्लो साता शेयर बजार सबै हिसाबले चर्चाको केन्द्र रह्यो । शेयर बजार अस्वभाविक बढेको प्रति सडकदेखि सदनहुँदै अर्थ समितिमा समेत चर्चाको केन्द
बन्यो । शेयर बजारबढेसँगै नेप्से सूचक बढेसँगै कारोबार रकम उच्च अंकले हालसम्मकै रेकर्डलाई तोडेको छ । बजारलाई कारोबार रकमले भने भब्य साथ दिएको छ ।
पूर्व अर्थमन्त्री प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शेयर बजारमा बढेको प्रति टिप्पणी गरेका थिए । केही कम्पनीकोशेयर मूल्य बढेपछि जनताको लगानी डुब्न लागेको भन्दै आक्रोश पोखेका हुन् । अघिल्लो साताको चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक १० दशमलव ७६ अंक (०.३९%) बढेर २ हजार ७६६ दशमलव ३८ मा बन्द भयो । अघिल्लो साताको तुलनामा ७ दशमलव ३० प्रतिशत बढेर सूचक गत साता २७५५.६२ मा बन्द भयो ।
यो साता परिसूचक २,८१५.९४ सम्म उच्च र कम्तिमा २,६३० दशमलव ८६ बिन्दुमा गएर १८५.०३ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले १९९.१७ अंकको अस्थिरता देखाएको थियो ।
सबैभन्दा बढी इन्ट्राडे मंगलबार १४५.०६ अंकले घटेर २३.७१ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ८३.६० अर्ब रहेको छ । सबैभन्दा बढी इन्ट्राडे मंगलबार १४५.०६ अंकले घटेर २३.७१ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ८३.६० अर्ब रहेको छ । यो साता ९ लाख ३२ हजार ३११ कारोवारबाट १९ करोड २६ लाख युनिटभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब कायम भएको छ । जुन जिडीपीको ७० प्रतिशत हिस्सा हो ।
नयाँ अर्थमन्त्री नियुक्ति अनि मौद्रिक नीति सार्वजनिक यी सबै कुराहरुले बजारमा आम लगानीकर्ताको मनोबल निकै बढेको देखिन्छ । नेप्से सूचक र दैनिक कारोबार रकम प्रवृत्तिले पनि यी कुराहरुको पुष्टि गर्दै आएको छ । यद्यपि, सोमबार कारोबार रकममा व्यापक तेजी आए पनि नेप्से सूचक भने पटकपटकम हरियो र रातो भइरह्यो । बजारले निश्चित गति लिन नसकेको जस्तो देखिन्थ्यो । पछिल्ला दिनहरुमा बजारमा इन्ट्रा डे करेक्सन भइरहेको छ । केही बेर नेप्से तथा कम्पनीका भाउहरु घट्ने तर केही समयपछि नै पुनः बढ्ने प्रवृत्ति दोहोरिरहेको छ । करिब २ हजारको लेबलबाट बजार बढ्न थालेको हो । यसबीचमा ठूलो करेक्सन भने भएको छैन ।
बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश पनि भइरहेको ब्रोकरहरुले बताएका छना् । विगतमा ननफन्डामेन्टल कम्पनीहरु अधिक चल्ने गरेका थिए । यही कारण आम लगानीकर्ता पनि वित्तीय सूचकहरु सबल भएका भन्दा पनि तुरुन्त नाफा भइहाल्ने कम्पनी तर वित्तीय रुपमा जस्तो अवस्थाका भए पनि त्यसलाई खरिद गर्ने गरेका थिए । तर पछिल्ला दिनहरुको अवस्था भने परिवर्तन भएको छ ।
प्रतिक्रिया