भदौ १७ गते सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा

आइतबार, २७ साउन २०८१, १६ : २०

काठमाडौँ - सिटिजन्स क्यापिटल लिमिटेडले १८औँ वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । वार्षिक साधारण सभा भदौ १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा गर्ने कम्पनीले जनाएको हो ।

सभा बिहान ११ बजे बोलाएको हो । सभाले चुक्ता पुँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ । सभाले आव २०८१र८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै, सभाले आ.व. २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि सभाले भदौ ६ गते बुक क्लोक गर्ने भएको छ । तसर्थ ५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

आइतबार, २७ साउन २०८१, १६ : २०

प्रतिक्रिया