बतास ग्रुपलाई राष्ट्र बैंकको भवनको सुरक्षा हेर्ने जिम्मेवारी

सोमबार, २८ साउन २०८१, १२ : २२

काठमाडौँ - नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ ।
 
निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जागरी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्रालि गैरीधारा, काठमाडौँलाई छानिएको राष्ट्र बैंकले जनाएको छ । 

उक्त कम्पनी बतास ग्रुप अफ कम्पनी अन्तरगतको सिस्टर कम्पनी हो ।  राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको थियो । 

प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ ९संशोधन समेत० को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने आशयसहितको ब्यहोरा सबैमा जानकारी गराइएको राष्ट्र बैंकले जनाएको छ । 

सोमबार, २८ साउन २०८१, १२ : २२

प्रतिक्रिया