नबिल बैंकले बोलायो विशेष साधारणसभा

सोमबार, २८ साउन २०८१, १३ : १७

 

काठमाडौँ - नबिल बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १७ गते सभा बोलाएको हो ।

सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गरिने बैंकले जनाएको छ ।
  

सोमबार, २८ साउन २०८१, १३ : १७

प्रतिक्रिया