एनसेलको नेटवर्क डाउन

सोमबार, २८ साउन २०८१, १७ : ०७

काठमाडौँ - निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क डाउन भएको छ ।

आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो ।एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ ।

प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ । 

452769987_1297572288273502_3481146597799682609_n

 

सोमबार, २८ साउन २०८१, १७ : ०७

प्रतिक्रिया