एनसेलको अवरुद्ध भएका सेवाहरु पूर्णरुपमा पुनः संचालनमा

सोमबार, २८ साउन २०८१, १८ : ११

काठमाडौँ - निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको आज दिउँसो अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु पूर्णरुपमा पुनः संचालनमा ल्याउन सफल भएको छ ।

आज दिउँसाे ३ बजेर ४८ मिनेटदेखि कम्पनीले प्रवाह गर्दै आएका सेवा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध भएका थिए । प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयामा नै पूर्णरुपमा पुनः संचालनमा ल्याउन सफल भएको जनाएको छ । 

Capture

सोमबार, २८ साउन २०८१, १८ : ११

प्रतिक्रिया