डेंगुबाट दुई जनाको मृत्यु, सङ्क्रमण बढ्दै

मंगलबार, २९ साउन २०८१, १५ : ३८

काठमाडौँ- डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो ।

 केही दिनअघि डेंगु संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डेंगु सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

उनका अनुसार सात महिनामा ७३ जिल्लाबाट तीन हजार ३३९ जनामा डेंगु पुष्टि भएको छ। मुस्ताङ,डोल्पा, हुम्ला र जुम्लामा हालसम्म डेंगु पुष्टि भएको छैन। डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा रहेका छन्। गण्डकी प्रदेशमा एक हजार २२६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा ८७०,  कोशी प्रदेशमा ५८२, लुम्बिनी प्रदेशमा २९४, सुदूरपश्चिममा २६४, मधेश प्रदेशमा ५६, कर्णली प्रदेशमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

जिल्ला अन्तर्गत तनहुँमा सबैभन्दा बढी ६५६ जनामा डेंगु पुष्टि भएको छ। काठमाडौँमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जनामा डेंगु पुष्टि भएको छ। चिकित्सकका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार डेंगु संक्रमण एडीस जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्छ। उहाँका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता विमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन। 

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन चिकित्सकको सुझाव छ। लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा।दाहालले आग्रह गरे। 

मंगलबार, २९ साउन २०८१, १५ : ३८

प्रतिक्रिया