काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी आन्दोलन टुटफुट र विभाजनले कमजोर हुनुको कारण औंल्याएका छन् ।
उनले माओवादी स्खलनको कारक अहिले नभई विगतमा समेत रहेको बताएका छन् । शान्ति प्रक्रियामा आएपछि तत्कालीन नेकपा माओवादीको मुख्य नेतृत्व प्रचण्डको ढुलमुले र मौकापरस्त नीतिका कारण आन्दोलनको थप उपलब्धि हासिल गर्न असफल भएको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले माओवादी स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप भएको बताएका छन् ।
प्रतिक्रिया