जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

विहीबार, ३१ साउन २०८१, ११ : ३२

काठमाडौँ - जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी- २ मोरङमा निवदेन दिनुपर्नेछ । 

साथै,३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ । 

विहीबार, ३१ साउन २०८१, ११ : ३२

प्रतिक्रिया