काठमाडौँ - प्रभु बैंक लिमिटेडले सेयरधनीलाई विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको छ ।
बैंकले साविक सेन्चुरी कमर्सियल बैंक,अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सका विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको हो ।
हालसम्म लाभांश लिन छुटेका सेयरधनीले आवश्यक कागजातसहित बैंकको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया