राष्ट्र बैंकले दुई मनिचेन्जरहरुको इजाजतपत्र रद्द

विहीबार, ३१ साउन २०८१, १२ : १२

काठमाडौँ - नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरहरुको इजाजतपत्र रद्द गरेको छ । 

तोकिएको व्यवस्था बमोजिम समयमा नवीकरण नगरेकाले ठमेलस्थित रेम्बो मनि एक्सचेन्ज र पुल्चोकस्थित कसा मनि एक्सचेन्जको इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका यी दुई मनिचेञ्जरहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम () मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा इजाजतपत्र नवीकरण गरेको बैंकको भनाइ छ । 
 

विहीबार, ३१ साउन २०८१, १२ : १२

प्रतिक्रिया