अंशुभरा ग्रुपद्वारा पोखराको लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु

आइतबार, ०२ भदौ २०८१, १६ : ३४

काठमाडौँ - अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । 

पोखरा महानगरपालिका- ६ को बाराही चोकमा अंशुभराले 'मिक्सड युज ब्लिडिङु बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । 

उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसर उक्त प्रोजेक्ट सुचारु हुने छ । 'यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ,' प्रबन्ध निर्देशक थापाले, 'यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ ।'

अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको उनले जानकारी दिए । भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका लुगा पसल, ह्ययान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए ।

अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो 'पोखरा ट्रेड मलु सञ्चालनमा ल्याइसकेको थापाले दाबी गरे ।  जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् । यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले 'अंशुभरा स्क्वायरु व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ ।  यस अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ ।

आइतबार, ०२ भदौ २०८१, १६ : ३४

प्रतिक्रिया