लुयान नेपालको लुयान चाडपर्व अफर सञ्चालन

आइतबार, ०२ भदौ २०८१, १७ : २०

काठमाडौँ - आउँदै गरेका विभिन्न चाडपर्वहरूलाई मध्यनजर राख्दै लुयान नेपालले लुयान चाडपर्व अफर सञ्चालन गरेको छ ।

लुयान चाडपर्व अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु.१० हजार नगद छुटका साथै एउटा एअर फ्रायर उपहार पाइनेछ । यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने छ । यसका साथै चालु आर्थिक वर्षको कर, एउटा प्रिमियम हले मेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइनेछ ।

यसका साथै कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्स्चेन्जको सुविधा पनि उपलब्ध रहेको छ । पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भए पनि अथवा इलेक्ट्रिक भए पनि एक्सचेन्ज गर्न सकिनेछ ।

नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध गराइनेछ । आम्दानीको स्तरको आधारमा कमसेकम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ वर्षसम्मको फाइनान्स सुविधा दिन सकिनेछ । लुयानका स्कुटरहरूमा लिक्विड कुल्ड मोटर हुने हुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या पर्ने छैन । यसले काठमाडौँ उपत्यका भित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने छ ।

लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ वर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरूमा लुयानका इलेक्ट्रिक स्कुटरहरूको बिक्री वितरण भइरहेको छ । देशको ऊर्जा देशमै खपत भन्ने नाराका साथ हामी लुयान नेपालले विगत ५ वर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको छ ।

आइतबार, ०२ भदौ २०८१, १७ : २०

प्रतिक्रिया