काठमाडौँ- एसयूभी एमजी हेक्टरले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। माउन्टेन गोटसँगको सहकार्यमा एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा "सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा" शीर्षकमा प्रतिष्ठित उपाधि जितेको छ।
यो अभियान २७ जुलाई २०२४ मा दिउँसो १:३० बजे केरलाको कुट्टानाडबाट सुरु भएर, ३० जुलाई २०२४ मा बिहान ८:२८ बजे लद्दाखको उम्लिंगमा पुगेर सम्पन्न भएको थियो। यो यात्राले ३,८४६ किलोमिटर कभर गर्दै जम्मा ६६ घण्टा ५८ मिनेटमा सम्पन्न भएको जनाइएको छ । जसले एमजी हेक्टरलाई यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो एसयूभी बनाएको भन्दै कम्पनीले खुसी प्रकट गरेको छ।
हरेक सडक अवस्था अनुकूल बनाउन डिजाइन गरिएको एसयूभीले आफ्नो सुरुवाती वर्षमै २५,००० युनिट बिक्रीको आँकडा पार गरेको थियो ।
उच्च-शक्ति स्टील, हॉट-स्ट्याम्प गरिएको बी पिलर, बाक्लो ढोका प्यानलहरू, र रोल-फर्म गरिएको ट्युबुलर स्टील ढोकाहरूको साथ निर्माण गरिएको हेक्टरले यात्रुहरूको सुरक्षालाई बढाउने उद्देश्य राखेको छ। यसका प्रमुख सुरक्षा विशेषताहरूमा छ एयरब्याग, ३६०-डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ESP), ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), हिल असिस्ट कन्ट्रोल (HAC), सबै चार पाङ्ग्रामा डिस्क ब्रेक, सबै सिटहरूका लागि ३-प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक (EPB), र अगाडि पार्किङ सेन्सरहरू छन्।
प्रतिक्रिया