डिप्रोक्स लघुवित्तद्वारा ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह

विहीबार, ०६ भदौ २०८१, १२ : ३६

काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३० जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

कम्पनीले बिहीबार एक सूचना जारी गर्दै ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो । तोकिएको समयभित्र पनि कर्जा चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र चल अचल सम्पत्ति लिलाम गरी बिक्री गरिने जनाएको छ ।

ऋणीले कर्जा लिए बापत कम्पनीमा तिर्नुपर्ने साँवा, ब्याज रकम नतिरेको र पटकपटक ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि हदम्याद सहित सूचना जारी गरिएको कम्पनीले बताएको छ ।

विहीबार, ०६ भदौ २०८१, १२ : ३६

प्रतिक्रिया