नयाँ स्कुटर जुपिटर ११० लन्च हुदैँ

विहीबार, ०६ भदौ २०८१, १६ : २४

काठमाडौँ- टीभीएसले आफ्नो नयाँ स्कुटर जुपिटर ११० आज लन्च गर्ने भएको छ । लन्चिङ अघि कम्पनीले सो स्कुटरको टिजर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको टिजरमा स्कुटरको नयाँ एलईडी डीआरएल देखाइएको छ । टीभीएस जुपिटर ११० फेसलिफ्टमा धेरै नयाँ फिचरहरु  थपिने अपेक्षा गरिएको छ । स्कुटरमा युएसबि पोर्ट पनि दिन सकिन्छ। साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडलाइट, नयाँ ग्राफिक्स समावेश गरिएको छ । यद्यपि टीभीएस जुपिटरको इन्जिनमा कुनै परिवर्तन हुने छैन । यसमा विद्यमान १०९.७ सीसी क्षमताको इन्जिन मात्र दिन सकिन्छ, जसले ७.७७ बीएचपीको पावर र ८.८ न्यूटन मिटरको टर्क जेनेरेट गर्नेछ ।
टीभीएसको विद्यमान जुपिटर ११० स्कुटरको एक्स शोरुम मूल्य ७३ हजार ६५० रहेको छ तर नयाँ संस्करणको मूल्य अलि महँगो हुन सकिने अपेक्षा गरिएको छ ।

जुपिटर टीभीएसले ११० र १२५ सीसी सेगमेन्टमा बिक्रीको लागि उपलब्ध हुनेछ । ११० सीसी सेगमेन्टको बजारमा जुपिटरले होन्डा एक्टिभा, होन्डा डियो, हिरो जुम, हिरो प्लेजर प्लस जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

विहीबार, ०६ भदौ २०८१, १६ : २४

प्रतिक्रिया