जिहोको एई४ इ–स्कुटर आयो नेपाली बजारमा

विहीबार, ०६ भदौ २०८१, १६ : ४३

काठमाडौँ - विद्युतीय स्कुटरमा चर्चित कम्पनी जिहोले एई४ स्कुटर नेपाली बजारमा ल्याएको छ। यो नयाँ मोडलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

अधिकृत बिक्रेता ऋषि ट्रेड सेन्टरले एई४ बजारमा ल्याएको हो। एई ४ मा ३.० केडब्लु मोटर छ। जसले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमि-घण्टाको गति पुर्‍याउन सक्छ। कम्पनीका अनुसार यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ। 

स्कुटरमा सुरक्षा र नवीनतम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। यसमा एबीएस र ईटीसीएसजस्ता प्रणाली छन्। यसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण दिन्छ। यसका अतिरिक्त सुविधाहरू पनि छन्। जस्तै कलिजन वार्निङ प्रणाली र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ। 

स्कुटरको उन्नत एनएफसी कि लेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड र मेकानिकलकी जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। स्कुटरमा न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी छन्। यसमा ७४ भी २७ एएच एटीएल लिथियम ब्याट्री छ। जसले ९० किमि वा १७० किमिको विकल्पहरू दिन्छ। 

यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ। स्कुटरमा टाइप सी र यूएसबी चार्जिङ पोर्टहरूले उपकरण चार्जिङको सुविधा पनि दिन्छ। अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ।यो स्कुटर नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसमा रहेका भी शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिने कम्पनीको दाबी छ। यसमा जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्।

विहीबार, ०६ भदौ २०८१, १६ : ४३

प्रतिक्रिया