सरकारको निर्णयसँगै इन्टरनेट सेवा प्रदायकले खुलाए टिकटक

शुक्रबार, ०७ भदौ २०८१, १० : १३

काठमाडौँ- सरकारको निर्णयसँगै विभिन्न इन्टरनेट सेवा प्रदायकले टिकटक खुला गरेका छन् । वर्ल्ड लिङ्क, सुविसुसहितका इन्टरनेट सेवा प्रदायकबाट टिकटक खुल्न थालिसकेको छ।  

एनसेल र टेलिकमले भने खुलाएका छैनन् । सरकारले बिहीबारको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेपनि टिकटकसँग औपचारिक सम्झौता भएपछि मात्र खुला गर्ने भनेको थियो ।

प्रक्रिया पुरा गर्न सरकारले टिकटकलाई तीन महिनाको समय दिएको थियो । यद्यपि टिकटकले सर्तहरू पूरा गर्नु अगावै केही सेवा प्रदायकहरुले खुला गरेका हुन् । 

शुक्रबार, ०७ भदौ २०८१, १० : १३

प्रतिक्रिया