काठमाडौं- दिपल एस-०७ र एल-०७ नेपालमा उपलब्ध मोडल बाहेक अर्को नयाँ कार नाडा अटो शो २०२४ मा प्रदर्शनी गर्ने तयारी दिपलले गरेको छ । कम्पनीले ठ्याक्कै कुन नयाँ मोडल ल्याउन लागेको हो, त्यसको बारेमा भने जानकारी दिएको छैन ।
केही महिना अगाडि नै नेपाली बजारमा उपलब्ध भएको दिपल एल-०७ को आधिकारीक बिक्री पनि अटो मार्फत नै थाल्न लागेको कम्पनी स्रोतले बतायो ।
एमएडब्लू वृद्धि अटोकर्पले एल(०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीको बारे कुनै जानकारी बाहिर ल्याएको छैन । ‘एमएडब्लु वृद्धिले ल्याउने यो नयाँ ईभीले ड्राइभिङ्ग अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीको दावी छ ।
यसले आफ्नो ट्यागलाइन टच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ एमएडब्लु वृद्धिको व्यवस्थापन भन्छ, ‘अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउनेछ ।’एमएडब्लु वृद्धिले ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गर्नेछ । कम्पनीले ठ्याक्कै मोडल नभने पनि दिपल जी(३१८ वा एस(५ मध्ये कुनै एक हुन सक्नेछ ।
प्रतिक्रिया