काठमाडौं- हिरो एक्सपल्स २०० फोर भी प्रो नेपाली नेपाल आउने भएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो एक्सपल्स प्रो नाडा अटो शोमा प्रदर्शन गर्ने भएको हो ।
यही भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शो २०२४ मा प्रदर्शन हुने यो मोटरसाइकल फेस्टिभ टाइममा बिक्री सुरू गर्ने तयारी गरेको हो ।
हिरो एक्सपल्स २०० प्रो मा ग्राफिक्सका साथै केही फिचरहरू थप गरिएको छ । सीजी मोटर्सले नेपालमा हिरोको आधिकारिक डिलरशिप लिएसँगै एक्सपल्स २०० फोर भीमा प्रो मोडलको फिचर थप गरेर सार्वजनिक गरेको थियो । योसँगै नयाँ आउने प्रो मोडलमा ग्राफिकका साथै सामान्य परिर्वतनका साथ आउने छ । कम्पनीले दशैंमा यो मोटरसाइकल बिक्री गर्ने तयारी गरेको छ भने यसको मूल्य यथावत नै हुने अनुमान गर्न सकिन्छ ।
हिरो एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । एक्सपल्स २०० फोर भी प्रोमा बीएस ६ फेज टू इन्जिन प्रयोग भएको छ भने यसले फोर भी रेगुलर मोडलको तुलनामा यसको पावरमा केही वृद्धि भएको छ । यसमा १९९.६ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ८५०० आरपीएममा १८.९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७.३५ हर्षपावर जेनेरेट गर्छ ।
प्रतिक्रिया