४५० एमटी नेपालमा

शुक्रबार, ०७ भदौ २०८१, २१ : ५९

काठमाडौं- विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता सीएफमोटो अत्यन्त प्रतिक्षित ४५० एमटी नेपालमा सार्वजनिक भएको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने कम्पनीको दावी छ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी हुन सक्ने कम्पनीको भनाइ छ ।
 
४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन भएको  मोटरसाइकल हो । जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएम दिने कम्पनीको दावी छ । शहरमा क्रुज गर्दा होस् या कुनै भूभाग ४५० एमटीले स्मुथ र पावरफुल राइड दिने र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

स्लिम र आक्रामक डिजाइन
४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्याण्ड आउट बनाउँछ । 

शुक्रबार, ०७ भदौ २०८१, २१ : ५९

प्रतिक्रिया