साँग्रिला मोटर्सको नाडा अटो शो अफर सार्वजनिक

बुधबार, १२ भदौ २०८१, १० : ३६

काठमाडौं- सिट्रोनको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले आफ्नो पेट्रोल मोडल सीथ्रीमा नाडा अटो शो अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्टमा नै सीथ्रीको पेट्रोल भर्सन खरिद गर्न सकिने भएको हो ।

सिट्रोन सीथ्री फिल वीथ भाइब प्याकको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यसलाई ७ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

‘पेट्रोल कारमा एकै पटक ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्दा धेरैलाई वित्तिय ब्यवस्था गर्न कठिन भएर अटो शोको लागि विशेष स्कीम ल्याएका हौं’, साँग्रिला मोटर्स स्रोतले भन्यो ।

थोरै डाउन पेमेन्टसँगै उपभोक्ताले ४ वर्षसम्म प्रयोग गर्ने पेट्रोल पनि कम्पनीले दिने जनाएको छ । साथमा ४ वर्षसम्म निःशुल्क मेन्टिनेन्स, आकर्षक नगद छुट, एक वर्षको पूर्ण बीमा सुविधा र एक वर्षको सवारी साधन कर पनि कम्पनीले दिने जनाएको छ ।

सिट्रोन सीथ्रीमा १।२ लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल गियरबक्स पाउन सकिन्छ ।

बुधबार, १२ भदौ २०८१, १० : ३६

प्रतिक्रिया