चिनियाँ टेक जायन्ट ह्वावेको ट्रूसेन्स सार्वजनिक

विहीबार, १३ भदौ २०८१, १६ : ००

काठमाडौं- चिनियाँ टेक जायन्ट ह्वावेले बुधबार चीनमा एउटा कार्यक्रमको आयोजना गरेर ट्रूसेन्स सार्वजनिक गरेको छ। ट्रूसेन्स एउटा विशेष प्रणाली हो जसले स्वास्थ्य निगरानीको क्षेत्रमा नयाँ मानक कायम गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो प्रविधिमा स्वासप्रस्वास दरका लागि सेन्सरबाट, रगतको अक्सिजन लेभलका लागि एसपीओ२ बाट तथा शरीरको तापक्रम, ब्लड प्रेसर, मुटुको गति आदिको डाटा लिएर ती सबैलाई एकत्रित गरी स्वास्थ्यबारे जानकारी दिने बुझिएको छ। तर कम्पनीले आफ्ना डाटाहरु धेरै हदसम्म सही हुने र यसका लागि कम्पनीकै डिभाइसहरुमा परीक्षण गर्दा अझ राम्रो नतिजा आउने बताएको छ।

कार्यक्रमका आधिकारिक प्रस्तोताले ट्रूसेन्स एप राखेर सार्वजनिक हुने पहिलो डिभाइसका बारे नखुलाएको समाचारमा उल्लेख छ। तर अर्को महिना वाच डी२ आउँदै गरेकाले यो प्रविधि राखेर आउने डिभाइस कुनै ब्लड प्रेसर केन्द्रित स्मार्टफोन हुनसक्ने आकलन गरिएको छ। बुधबार नै कम्पनीको वाच जीटी ५ पनि देखिएकोले उक्त डिभाइस पनि ट्रूसेन्सयुक्त हुनसक्ने सम्भावना देखिन्छ। ह्वावे स्मार्ट वेयरेबल तथा हेल्थ प्रडक्टका अध्यक्ष रिको झाङले स्वास्थ्य क्षेत्रको यो विकासले प्रयोगकर्तालाई स्वस्थ जीवन जीउन मद्दत गर्ने बताए। यसमा रहेको नयाँ हेल्थ ग्लान्स फिचरले उपभोक्तालाई ६० सेकेण्डमा १० भन्दा बढी स्वास्थ्य सूचक जाँच गर्न सघाउने उल्लेख छ।

यिनिहरुमा हार्ट रेट वा ईसीजी लगायत इन्फेक्शनको जोखिमका साथै अन्य नयाँ चेकजाँचहरु पनि समावेश रहेको जीएसएमएरिनाले जनाएको छ।

विहीबार, १३ भदौ २०८१, १६ : ००

प्रतिक्रिया