काठमाडौँ – भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्
मन्त्री दाहालले अटोमोबाइल्स क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् ।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्वपूर्ण सहयोग पुर्याइरहेको बताउँदै उनले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।
प्रतिक्रिया