काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् ।
भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १६ गतेदेखि लागू हुने गरी दुलाललाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । दुलाल यसअघि कम्पनीमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।
प्रतिक्रिया