अगस्टमा ७२ हजार पर्यटक नेपाल आए, सबभन्दा धेरै भारतबाट

काठमाडौं–  अगस्ट महिनामा मात्र ७२ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । ती मध्ये सबभन्दा धेरै भारतबाट आएका छन् । 
नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् । अगस्टमा सबैभन्दा धेरै भारतबाट २५ हजार आठ सय ३२ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी जापानबाट एक हजार आठ सय ८१, दक्षिण कोरियाबाट एक हजार ६ सय दुई, इटालीबाट एक हजार ६ सय १५, स्पेनबाट एक हजार पाँच सय ८०, बेलायतबाट दुई हजार सात सय ६४, अस्ट्रेलियाबाट एक हजार सात सय ६३ जना आएका छन् । गएको वर्षको अगस्टमा भन्दा यस वर्षको अगस्टमा पाँच हजार जनाभन्दा धेरै पर्यटक आएका हुन् । गएको वर्षको अगस्टमा ६७ हजार एक सय ५३ जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ जना पर्यटक आएका थिए ।

२ हप्ता अगाडि

प्रतिक्रिया