२५ हजार मेट्रिक टन डीएपी मल १० दिनभित्र नेपाल ल्याउने

काठमाडौँ - नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट  कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने भएको हो ।  

यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०\८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ । 

यस मध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया