काठमाडौँ - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया