खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ - नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल सङ्घ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औँ कंग्रेसमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका खेलकुद पत्रकारहरूको सम्मानमा होटल सङ्घ नेपालले आयोजना गरेको रात्रीभोजमा १० जना नेपाली माष्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरू र आयोजक होटल सङ्घ नेपाला पर्यटन सम्वद्र्ध संस्थाहरु, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीहरुबिच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरूमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया