भोलिदेखि भदौ ३१ गतेसम्म निःशुल्क बाली उपचार शिविर सञ्चालन

शनिबार, २९ भदौ २०८१, १४ : ३१

काठमाडौँ - कञ्चनपुर जिल्लामा बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो । परियोजना कार्यान्वयन एकाइ कार्यालयका  अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने छ । 

शिविर भोलिदेखि भदौ ३१ गतेसम्म जिल्लाका चार ठाउँमा सञ्चालन गरिने छ । भदौ ३० गते बेदकोट नगरपालिकाको सुडा, बेलडाँडी गाउँपालिकाको झिलमिला, भदौ ३१ गते कृष्णपुर नगरपालिकाको गुलरिया र भीमदत्त नगरपालिका–१० मा शिविर आयोजनामार्फत नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने छ ।

किसाले रोगकिराको सङ्क्रमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याउँदा कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने छ ।

शनिबार, २९ भदौ २०८१, १४ : ३१

प्रतिक्रिया