समयमै बक्यौता भुक्तानी गर्ने ग्राहकलाई नेपाल टेलिकमले जरिवाना छुट दिने

आइतबार, ३० भदौ २०८१, १० : ०७

 

काठमाडौं- नेपाल टेलिकमले समयमै बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ । 

टेलिकमको केन्द्रीय राजस्व विभागले आफ्ना पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच आदि सेवा प्रयोग गरेबापत बाँकी रहेको भुक्तानी समयमै भुक्तान गर्न आग्रह गर्दै विभिन्न छुटसमेत दिने घोषणा गरेको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्मको बक्यौता २०८१ कात्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट हुनेछ ।  त्यसैगरी आव २०७९र०८० सम्मको बक्यौता पनि यही कात्तिक मसान्तसम्म भुक्तानी गर्दा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट हुनेछ । 

साथै, टेलिकमले पुरानो बक्यौता भुक्तानी नगर्ने ग्राहकको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ । 

आइतबार, ३० भदौ २०८१, १० : ०७

प्रतिक्रिया