काठमाडौँ- कालीमाटी तरकारी बजारमा आज मङ्गलबार अधिकांश तरकारी र फलफूलको भाउ स्थिर रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको भाउ प्रतिकेजी २९० रुपैयाँ र कागतीको भाउ २२३ रुपैयाँ ३३ पैसा पुगेको छ ।
त्यस्तै, पार्सलेको भाउ आज पनि बढेको छ ।
सोमबार प्रतिकेजी १६ सय ६६ रुपैयाँ ६७ पैसा रहेको पार्सलेको भाउ बढेर आज १७ सय रुपैयाँ पुगेकोे हो । भटमासकोशा पनि प्रतिकेजी १० रुपैयाँले बढेर ११० रुपैयाँ, परवर ४५ रुपैयाँ र तोरीको साग ६० रुपैयाँ पुगेको छ । यसैगरी, डल्ले च्याउको भाउ घटेर प्रतिकेजी ३२६ रुपैयाँ ६७ पैसा, सिमी ६५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, भन्टा ३५ रुपैयाा र हरियो प्याज १९० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया