महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

विहीबार, ०३ असोज २०८१, ०८ : २७

काठमाडौँ- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ ।

नेपाल आएका भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न बैंक र मनकामनाबीच मंगलबार उक्त सहकार्य भएको हो । बैंकले फोन पेसँगको सहयोगमा उक्त सुविधा ल्याएको जनाएको छ । योसँगै भारतीय भुक्तानी सेवा प्रदायकका माध्यमबाट बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना मन्दिरको दर्शन शुल्क तिर्न सकिने बैंकले बताएको छ ।

विहीबार, ०३ असोज २०८१, ०८ : २७

प्रतिक्रिया