नेपाल डेरी एसोसिएशनको १०औं विश्व विद्यालय दूध दिवस सम्पन्न

विहीबार, ०३ असोज २०८१, १५ : ३५

काठमाडौँ - दुधलाई पूर्ण आहारका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दुध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपूर्ण खाद्य पदार्थ अन्तरगत पर्छ । जन्मेको दिनदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारको लागि दुधको सधैं  आवश्यकता पर्दछ ।

विश्व इतिहास हेर्दा पनि जो जति ब्यक्ति विश्व प्रख्यात भए ती अधिकांश व्यक्तिहरु शाकाहारी भएको र विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दुधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन्। जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको देखिन्छ । त्यसै कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ । 

आज विश्वमा हरेक कुरामा ती देशहरु अग्र पंक्तिमा रहेका छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन संसारभर कतै पनि विद्यालयमा बिदा नपर्ने दिनकोले  विगत २४ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिएको तथ्यांक छ ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस ूनियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवनू भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनको आयोजना एवं राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र केन्द्रिय दुग्ध सहकारी संघको सहकार्यमा   साता हव्यापी कार्यक्रम मनाउने रहेको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन आव्हान एवं अनुरोध गरेको छ ।

हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुर्‍याउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै  बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपूर्ण हुने गर्छ । 


साथै विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित उपभोग गराउन आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल स्कुलमा गएर दुध तथा दुग्ध पान गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । 

नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवसको उपलक्ष्यमा आयोजना गरिएका पछिल्ला कार्यक्रम यस प्रकार रहेका छन् :- 
१) नेपाल डेरी एसोसिएसनले नेपालमा विश्व स्कुल दुध दिवस मनाउन शुरु गरि पहिलो कार्यक्रमको आयोजना पाँचखालको श्री गणेश मा।वि।मा २०७२ सालमा त्यस विद्यालयका बालबालिकाहरुलाई दुधपान गराई कार्यक्रम गरिएको थियो । 
२) दोश्रो विश्व विद्यालय दुध दिवस २०७३ सालमा नेपाल डेरी एसोसिएसनको अगुवाईमा सरोकारवाला सबैलाई सहभागी गराई काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा विद्यार्थीलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई जनचेतना मुलक कार्यक्रम गरि भव्यताका साथ मनाइएको थियो । 
३) तेश्रो विश्व स्कुल दुध दिवस २०७४ सालमा नेपाल डेरी एसोसिएशन, दुग्ध विकास संस्थान र केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघको संयुक्त आयोजनामा स्वयम्भू स्थित त्रिपल जेम्स स्कुलमा प्रमूख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामकुमारी चौधरी ९रोजिना० ज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न गरिएको थियो । 
४) चौथो विश्व स्कुल दुध दिवस २०७५ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा काठमाडौं,  बु। न। पा।८ स्थित महाँकाल जन जाग्रीति  माध्यामिक विद्यालय, गल्फुटार, काठमाडौंमा र नाग कन्या मा. वि. मन्थली, रामेछाप,  कन्काई सामुदायिक विद्यालय, कन्काई, झापा कोशी प्रदेशमा, त्रिवेणी आधारभुत विद्यालय बा।न।पा। २ सल्यान कर्णाली प्रदेशमा र श्री शिव पार्वती आधारभुत विद्यालय, धनगढी, कैलाली, सुदुर पश्चिम प्रदेशमा कार्यक्रम गरि मनाईएको थियो । 

५)पाँचौं विश्व स्कुल दुध दिवस २०७६ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा काठमाडौंको श्री कृष्ण माध्यामिक विद्यालयमा सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई दुधको महत्व बुझउँदै दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईको थियो । 

६) छैठौं विश्व स्कुल दुध दिवस २०७७ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका अनाथ असाय बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि सरोकारवालाहरुको उपस्थितिमा भव्यताका साथ मनाईको थियो । 

७) सातौं विश्व स्कुल दुध दिवस २०७८ सालमा हाँडीगाँउ स्थित टंगाल मा. वि. काठमाडौंमा नेपाल डेरी एसोसिएशनको आयोजनामा  सरोकारवालाहरुको उपस्थितिमा वक्तृत्वकला प्रतियोगिता गर्दै विद्यालयमा रहेका विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई भव्यताका साथ मनाईएको थियो । 

८)  आठौं विश्व स्कुल दुध दिवस २०७९ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा कमलपोखरी स्थित कमल आधारभुत विद्यालयमा सरोकारवालाहरुको उपस्थितिमा विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ बितरण गरि भव्यताका साथ मनाईएको थियो । 

९) नेपाल डेरी एसोसिएसनको आयोजनामा २०८० सालमा त्रिरत्न स्कुल स्वयम्भु, काठमाडौंमा ९ औं विश्व स्कुल दुध दिवस मनाईयो । साथै काठमाडौंको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय  सहकारी संस्थाको सहकार्यमा सहकारीको साधारणसभामा उपस्थित  बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको प्रमूख आतिथ्यतामा मनाईएको थियो । विश्वमा सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मनाईने विश्व स्कुल दुध दिवस विगत १० वर्षदेखि नेपाल डेरी एसोसिएसनले मनाउँदै आईरहेको कुरा अवगत गराउँदै यस वर्ष पनि नेपाल डेरी एसोसिएशनले मिति  २०८१ असोज ९ गते अर्थात सेप्टेम्बर २५ तारिकका दिन पर्ने विश्व स्कुल दुध दिवसको अवसरमा सरोकारवाला सबैको उपस्थितिमा  १० औं विश्व स्कुल दुध दिवस केन्द्रिय स्तर, प्रदेश, जिल्ला र पालिकामा  नेपाल डेरी एसोसिएसनको आयोजना एवं सरोकारवाला राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान ९डिडिसी०, केन्द्रिय दूग्ध सहकारी संघ, डेरी साईन्स एसोसिएसन, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा २०८१ असोज ९ गते उपयुक्त स्थानमा मुल समारोह गर्ने गरि २०८१ साल असोज ३ गतेबाट साता व्यापी कार्यक्रम गरि सम्पन्न गरिनेछ । 

१०) यस वर्ष दशौं विश्व स्कुल दुध दिवस सप्ता व्यापी रुपमा कार्यक्रम गरि मनाइने छ । कार्यक्रम निम्नानुसार गरिनेछ (स्  
 क) पहिलो दिन प्रेस रिलिज जारी गरि मिडिया मार्फत कार्यक्रमका बारेमा जानकारी दिने । 
२) दोश्रो दिन दुध तथा दुग्ध पदार्थको उपभोगका लागि जनचेतनामुलक सन्देश प्रवाह गरि स्कुलहरुमा दुधपान गराउने ३। तेश्रो दिन विभिन्न आश्रमहरुमा रहेका बालबालिकालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने । 
४) चौथो दिन सातै प्रदेशमा विश्व स्कुल दुध दिवसको जानकारी गराउन सरोकारवालाहरु भेला भई कार्यक्रम गरिने ।
५)  पाँचौ दिन कुनै एक स्कुलमा चेतनामुलक कार्यक्रम गर्दै दुध तथा दुग्ध पदार्थको बारेमा सरोकारवालाहरु भेला भइ कार्यक्रम गरिने । 
६) छैठौं दिन पुन: प्रेस रिलिज वा पत्रकार सम्मेलन गरि साता व्यापी गरिएका कार्यक्रमको जानकारी गराई औपचारिक कार्यक्रमको बारेमा बिस्तृत विवरण सहित मिडियामा प्रचारप्रसार गरिने । 
७) सातौं अथवा अन्तिम दिन सरोकारवालाहरु सबैलाई निमन्त्रणा गरि कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचीव डा। राजेन्द्र मिश्रको प्रमुख आतिथ्यतामा सरोकारवालासबैलाई सहभागी गराई औपचारिक कार्यक्रम गरि समापन गर्ने जानकारी गराईन्छ । 

 

विहीबार, ०३ असोज २०८१, १५ : ३५

प्रतिक्रिया