एकैदिन १७०० रुपैयाँले बढ्यो सुनको मुल्य

आइतबार, ०६ असोज २०८१, ११ : ४०

काठमाडौँ- सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । शुक्रबार यस्तो मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यो शुक्रबारभन्दा प्रतितोला ५ रुपैयाँ बढी हो ।  अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदरु घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको माग थप बढ्दा मूल्य झन् बढेको हो । 

 

आइतबार, ०६ असोज २०८१, ११ : ४०

प्रतिक्रिया