कालिमाटी हरियो तरकारीको मूल्य कति ?

सोमबार, ०७ असोज २०८१, ०८ : २६

काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ, जिरीको साग र हरियो धनियाको भाउ घटेको छ ।  आज डल्ले च्याउ प्रतिकिलो ३६ रुपियाँले घटेको हो । हिजो ३२६ मा कारोबार भएकामा आज २९० रुपियाँ कायम भएको छ । 

त्यस्तै, अघिल्लो दिन ९५ रुपियाँ रहेको जिरीको साग २० रुपियाँ घटेर ७५ मा झरेको छ ।  त्यस्तै, हरियो खुर्सानी १५ रुपियाँले सस्तो भएर प्रतिकिलो ९५ रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

सोमबार, ०७ असोज २०८१, ०८ : २६

प्रतिक्रिया