नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

मंगलबार, १५ असोज २०८१, १२ : ५२

काठमाडौँ - नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।

मंगलबार, १५ असोज २०८१, १२ : ५२

प्रतिक्रिया