आज कालीमाटीमा रातो आलुको मूल्य प्रतिकेजी ८२ रुपैयाँ पर्ने अन्यको कति ?

शुक्रबार, १८ असोज २०८१, ०८ : ४९

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ७० रुपैयाँ, भिण्डी ११० रुपैयाँ र ठूलो गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

शुक्रबार, १८ असोज २०८१, ०८ : ४९

प्रतिक्रिया