गौशाला धर्मशालाको काम रोक्न पर्यटन मन्त्रीको निर्देशन

विहीबार, ०१ कार्तिक २०८१, १० : ५२

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो । विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । मन्त्री पाण्डेले यसबारे छलफलका लागि आइतबार कोषका पदाधिकारीलाई छलफलमा बोलाएको मन्त्रालयले जनाएको छ । 

विहीबार, ०१ कार्तिक २०८१, १० : ५२

प्रतिक्रिया