काठमाडौँ - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।
इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गरे ।
उनले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताए । नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुन सक्ने धारणा राखे ।
बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिव अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी थिए ।
प्रतिक्रिया