दूरसञ्चार प्राधिकरणले गर्‍यो दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

सोमबार, ०५ कार्तिक २०८१, १२ : २९

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र  खारेज गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै इमेलसहितको सेवा दिने सी. डाटा कम्युनिकेसन र लाइफ नेटलाई कारवाही गरेको हो । 

सी डाटाले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको हुँदा अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कार्तिक दुई गते देखि नै लागू हुने गरी खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

 लाइफ नेटले भने नविकरणकका तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकोले दुरसञ्चार ऐन २०५३ को दफा २५ बमोजिम भदौ अन्तिमबाट स्वत रद्ध भएको जनाएको छ । 

सो कम्पनीले आगामी ३० दिन भित्रमा नियमानुसार नविकरण शुल्क तिर्न बुझाउनु सक्ने प्राधिकरणले जनाएको छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले  जनाएको छ । लाइफ नेटले प्राधिकरणबाट २०७६ भदौ ३० मा सञ्चालन अनुमति पाएको थियो । 
 

सोमबार, ०५ कार्तिक २०८१, १२ : २९

प्रतिक्रिया