एनआईसी एशिया लघुवित्तको  त्रैमासिक बजेट समीक्षा सम्पन्न

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : ५२

काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको २०८१\८२ को पहिलो त्रैमासिक बजेट समीक्षा गरेको छ । 

संस्थाले मधेश प्रदेश अन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरूलाई चितवनको होटल प्याराडाइज, सौराहामा बजेट समीक्षासहित शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सञ्चालन गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीले सहभागीहरूका लागि तालिमसमेत सञ्चालन गरेको जनाएको छ । 

साथै बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल गरेको संस्थाले उल्लेख गरेको छ । 

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : ५२

प्रतिक्रिया