अहिलेसम्म बजारमा किनेको चामल खाएको छैन् : मन्त्री अधिकारी

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ४२

काठमाडौँ - कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले आफुले कृषि मन्त्री रहुन्जेल किसानको विद्यमान समस्या र दीर्घकालीन हितका लागि काम गर्ने बताए।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सको आयोजना गरिएको कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भुमिका बिषायक अन्तक्रिर्या गोष्टि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्रालयले छिट्टै कृषि ऐन ल्याएर किसानमा देखिएका साना साना समस्यालाइ हल गर्दै जाने उनको भनाइ छ। निजि क्षेत्रकै भुमिकाबाट लगानी दशक सफल बनाउनु पर्ने र त्यसका लागि सघाउन सरकार सधै तयार रहेको उनले बताए। उनले भने, ‘यो दशक एउटा अभियान हो, यसले अबको दशकामा एउटा गेम चेन्जर ल्याउँछ भन्नेमा बिश्वास छ।’

मन्त्री अधिकारी अहिलेसम्म बजारमा किनेको चामल नखाएको बताए । उनले भने, ‘म किसानको छोरो हुँ अहिलेसम्म किनेको चामल खाएको छैन,जिल्ला जाने हो घरको दाल चामल ल्याउने खाने।’ आफूले बाच्नका लागि मात्र खेतीपाती गरेको बताए।
 

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ४२

प्रतिक्रिया