तिहारका लागि १७ लाखको कृत्रिम फूलमाला आयात

शनिबार, १० कार्तिक २०८१, ११ : ४०

काठमाडौँ - तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका फूलमाला आयात भएको भन्सार विभागले जनाएको छ । 

उक्त फूलमाला आयात हुँदा ९ लाख २३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।  यता काठमाडौँ महानगरले सूचना जारी गर्दै महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरणमा निषेध गरेको छ । 

शनिबार, १० कार्तिक २०८१, ११ : ४०

प्रतिक्रिया