तिहारलाई  एक अर्ब  ११ करोडको भाइमसला आयात

शनिबार, १० कार्तिक २०८१, १२ : ४९

काठमाडौँ - तिहारका लागि १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको भाइमसला आयात भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको छ । 

जस मध्ये  १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ । 

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै १० करोड ६१  लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।

शनिबार, १० कार्तिक २०८१, १२ : ४९

प्रतिक्रिया