टिका भट्टराई महिला लघुवित्तको सञ्चालकमा नियुक्त

आइतबार, ११ कार्तिक २०८१, ११ : ३३

काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकको मनोनयन भएको छ।

यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहेका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै अब टिका भट्टराईले नयाँ सञ्चालकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

भट्टराईले मिति २०८१ साल कात्तिक ९ गते, संस्थाको ८७ औं सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उक्त शपथ कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्षको उपस्थितिमा सम्पन्न भएको थियो।

महिला लघुवित्तको कम्पनी सचिव दिवस राज ओलीले सञ्चालक परिवर्तनसम्बन्धी जानकारी दिनुहुँदै संस्थाको दिगो विकास र वित्तीय समृद्धिका लागि भट्टराईको नेतृत्वमा सञ्चालक समितिले नयाँ दिशामा काम गर्ने अपेक्षा गरिएको बताएका छन्।

Capture

आइतबार, ११ कार्तिक २०८१, ११ : ३३

प्रतिक्रिया